शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

बुधबार, ०२ साउन २०७५, १८ : ४६
बुधबार, ०२ साउन २०७५

काठमाडौं । आइएमई मोटर्सले नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेताले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” १३ आउटलेट्हरुमा लागु हुने गरी ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टस्मा ५प्रतिशत छुट, १० प्रतिशत ल्युबमा, ३० प्रतिशत लेबर शुल्क साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ । 

फ्रि चेकअप क्याम्प दौरान ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ ।

यो योजना नेपालभरी श्रावण २ गतेदेखि श्रावण ११ सम्म मात्र लागु हुनेछ । सो अवसरमा आइएमई मोटसका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” नेपालभर एकैपटक गराउन पाएकोमा आफु गौरवान्वित भएको र अशोक लेलैण्ड लिमिटेडलाई आगामी दिनहरुमा सुमधुर वातावरण निर्माण गर्न आग्रह गरे ।

३ वर्षको अन्तरालमा यस आइएमइ मोटर्सले देशभर १३ वटा आउटलेट खोलेको छ ।  त्यसैगरी, अशोक लेलैण्डका तर्फबाट अन्र्तराष्ट्रिय अपरेशन हेड अरुन रोयले आइएमई मोर्टर्ससँग आवद्घ हुनु अघि नेपालको मार्केटलाई राम्रो सँग औँल्याउन नपाएको र आजसम्मको स्थितिमा आउँदा अशोक लेलैण्ड र आइएमई मोर्टर्ससँगको सहकार्य निकै महत्वपूर्ण भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप