बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी

बुधबार, ०२ साउन २०७५, १८ : २८
बुधबार, ०२ साउन २०७५

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।  सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो ।

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहिबार भेटगरी छलफल गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीरताका साथ पहल गर्न पनि सरकारलाई दवाव दिएको छ । त्यसैगरी बाढी र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न पनि बैठकले सरकारसँग माग गरेको नेता यादवले बताए । पार्टीले सांसद रेशमलाल चौंधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप