शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक लिमिटेडको रेमिट्यान्स सेवा अव मलेशियाबाट पनि

बुधबार, ०२ साउन २०७५, १८ : २४
बुधबार, ०२ साउन २०७५

काठमाडौं । सानिमा बैंक लिमिटेड र सी.बी.एल. मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरि ८,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ ।

मलेशियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सी.बी.एल. मनि ट्रान्सफरको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरे ।

आन्तरिक रेमिट्यान्स सेवा साथै सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिँदै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप