बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चि मुसी चि’ को अर्को नयाँ गीत सार्वजनिक, सुनिल र अलिशाको दमदार नृत्य

बुधबार, ०२ साउन २०७५, १८ : १९
बुधबार, ०२ साउन २०७५

काठमाडौं – ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘चि मुसी चि’ले प्रदर्शन मिति नजिकिँदै गर्दा फेरि नयाँ गीत सार्वजनिक गरेको छ । ‘आउँ आज मायाको’ बोल रहेको सार्वजनिक गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ, भने सुरज अधिकारीको शब्द संगित समेटिएको छ । 

गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको आकर्षक नृत्य गरेका छन् । गीतको कोरियोग्राफी सुनिल आफैंले गरेका हुन् ।  सुनिल र अलिशा यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । यी दुबै नृत्य क्षेत्रको चर्चा पछि अभिनयमा भित्रिएका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्, भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् । 

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्र दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप