शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक आईक्यान “बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड” बाट पुरस्कृत

बुधबार, ०२ साउन २०७५, १८ : १४
बुधबार, ०२ साउन २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड “बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड बैंकिङ्ग सेक्टर (प्रा.ली.)”बाट पुरस्कृत भएको छ ।

“दी इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले यो सम्मान प्रदान गरेको हो ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नाराका साथ बैंकिङ्ग सेवा पुर्याँउदैै आएको बैंक “बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड बैंकिङ्ग सेक्टर (प्रा.ली.)” बाट पुरस्कृत भएको हो ।

यो पुरस्कार आईक्यानद्धारा आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उदेश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणीका आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार हो । 

यस अघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई “बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड २०१५बाट पुरस्कृत भएको थियो ।

साउथ एसियन फेडेरेशन अफ एकाउन्टस् (साफा) द्वारा बंगलादेशमा आयोजित साफा बेस्ट प्रिजेन्टेड एन्यूयल रिपोर्ट अवार्ड समारोहमा बैंकले सार्क यानिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स र प्राइभेट सेक्टर बैंकमा “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको थियो ।

बैंकले आगामि दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुसाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप