शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघद्वारा इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै प्रर्दशन

बुधबार, ०२ साउन २०७५, १७ : ४५
बुधबार, ०२ साउन २०७५

काठमाडौं– सरकारले इन्टरनेट सेवा शुल्क बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन सुरु गरेको छ । नेपाल विद्यार्थी संघले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पुष्र्याएको भन्दै बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरुसञ्चार प्राधिकरण कार्यालय परिसरमा धर्नासहितको विरोध प्रर्दशन गरेको हो । 

त्यसक्रममा संघले तत्काल बढाइएको सेवा शुल्क फिर्ता नगरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएको छ । सरकारले विद्यार्थीहरुलाई झनै मारमा पार्नेगरी इन्टरसेवा शुक्ल १३ प्रतिशत पुर्याएपछि त्यसको विरोध स्वरुप धर्नासहितको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । 

संघले इन्टरनेटमा बढाएको सेवा शुल्क तत्काल घटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ । अध्यक्ष महरले सूचनामाथि प्रतिबन्ध लगाउने खालका गतिविधिमा संलग्न नहुन पनि सरकारलाई चेतावनी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप