शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्ट ग्यालरीमा सुरु भो टु म्यान वाटरकलर आर्ट इक्जिविसन (फोटोफिचर)

बुधबार, ०२ साउन २०७५, १७ : ४०
बुधबार, ०२ साउन २०७५

काठमाडौं– राजधानीको बबरमहलस्थित आर्ट ग्यालरीमा टु म्यान वाटरकलर आर्ट इक्जिविसन सुरु भएको छ । डिराम पाल्पाली र एनवी गुरुङले कोरेका चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् । पछिल्लो समयमा युवा पुस्तामा बढ्दै गएको चित्रकलासम्बन्धी शोखलाई मेन्टन गर्नका लागि यो चित्रकला प्रदर्शनी गरिएको आयोजक एनबी गुरुङले बताएका छन् ।  

यसअघि पाल्पाली र गुरुङले नेपाल र विदशेमा समेत छुट्टाछुट्टै चित्रकला प्रदर्शनी गरेको जानकारी दिए । यो चित्रकला विधामा ल्याण्डस्केप, पोट्रेट गरी ५, ६ वटा विषयमा चित्रकला समावेश गरिएका छन् । चित्रकला विशेषगरी पाल्पा तानसेन क्षेत्रका दृष्यहरुमा केन्द्रीत रहेर उतारिएको छ । मंगलबारदेखि सुरु भएको यो प्रदर्शनी आगामी सोमबारसम्म सञ्चालन हुनेछ । तस्विरः कृष्ण खड्का /रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप