शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका अन्य देशका तुलनामा भारतमा सडक दुर्घटना उच्च

बुधबार, ०२ साउन २०७५, १७ : १२
बुधबार, ०२ साउन २०७५

एजेन्सी–विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । 

चालकको लाहप्रवाही, मर्मत नगरिएका सडक, सवारी सधान र ट्राफिक नियम उल्लङ्घन नै यहाको सडक दुर्घटनाको प्रमुख कारण रहेको विज्ञहरुको भनाई छ । 

गत मङ्गलबार राति पनि भारतको पश्चिमी राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । 

दुर्घटनामा मारिएका यी व्यक्तिहरु एकै परिवारका भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

एक परिवारका सदस्य चढेको कार ट्रकसँग ठोक्किँदा सो घटना भएको र यसमा परी एक व्यक्ति घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप