शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाको निशस्त्रीकरणका लागि कुनै हतार छैनः ट्रम्प

बुधबार, ०२ साउन २०७५, १६ : ५८
बुधबार, ०२ साउन २०७५

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताएका छन् । 

उनले भने– ‘मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ ।’ यसका लागि कुनै समय सीमा नराखिएको पनि उनले स्पष्ट पारे । 

राष्ट्रपति ट्रम्पले सम्वाददाताहरुसँग भने– ‘यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरु भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका कामहरु सकारात्मक मोडमै छन् ।’ 

उनले हेल्सिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो जानकारी गराएको पनि सम्वाददाताहरुले जनाएका छन् । 

उनले राष्ट्रपति पुटिनलाई आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि सम्वाद गर्ने गरेको जानकारी गराएका थिए । 

राष्ट्रपति ट्रम्पले भने– ‘रुसी राष्ट्रपति पुटिन सधैँ हाम्रो साथमा हुनुहुन्छ, यो प्रक्रियालाई उहाँले सधैँ सहयोग नै गर्नुहुनेछ ।’ 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुन १२ मा सिङ्गापुरमा वार्ता भएको थियो । 

सो उच्चस्तरीय वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले आफूले निशस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणको काम अब नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

तर यसप्रति अमेरिकीहरुले प्रश्न गर्ने गरेका छन् । उनीहरुले उत्तर कोरियाले भनेजस्तो काम नगर्ने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् । 

उनीहरुले बिनाकुनै समय सीमा निशस्त्रीकरण गर्ने भनेर मात्र उत्तर कोरियाले टारेको भन्दै यसबाट अमेरिकालाई धोका हुन सक्ने बताएका छन् । 

अधिकांश अमेरिकी सञ्चारले पनि उत्तर कोरियाले निशस्त्रीकरणको कार्यक्रम कहिलेसम्म गर्ने हो त्यसको समय आवश्यक पर्ने बताएका छन् । 

यसै जिज्ञासाको जवाफमा राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पले भने सिङ्गापुर वार्तादेखि नै उत्तर कोरियाले निशस्त्रीकरण गर्नेमा आफु विश्वस्त रहेको बताउँदै आआएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप