शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दम्भ होइन सरकार विनम्रता पेश गर्न प्रयत्नरत छ : शर्मा

बुधबार, ०२ साउन २०७५, १६ : ३०
बुधबार, ०२ साउन २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलन गरिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार काठमाडौमा भएको साक्षात्कारमा नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारविरुद्ध आन्दोलन गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे । 

उनले भने,‘लोकतन्त्रप्रति सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्छ, लोकतन्त्र ल्याउन सबैभन्दा बढि कम्युनिष्टहरुले नै रगत बगाएका छन्, जेल तथा नेल भोगेका छन्, वर्तमान प्रधानमन्त्री १४ वर्ष जेल बस्नुभएको थियो, लोकतान्त्रिक प्रणाली स्थापनार्थ सबै दलहरुले बेला बखत बन्दुक बोकेका छन्, कसैले ०७ सालमा बोके, कसैले ०५२ सालमा बोके ।’ 

उनले थपे,‘सरकारले दम्भ होईन विनम्र पेश गर्ने प्रयास गरिरहेको छ, सरकार फेर्ने कुरा बेकारको । सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै हो’ शर्माले भने ।

ओलीको राजीनामा माग्ने पौडेलको चेतावनी
कार्यक्रममा कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न बाध्य हुने चेतावनी दिए । उनले वर्तमान सरकारको सय दिनमा सरकारका तौल र तरिका, नीति तथा कार्यक्रम दुई तिहाईको दम्भ देखाउने मात्रै पाएको बताए । उनले सरकारकै कारण आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएको दावी गरे ।

नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओली संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति भएकोले र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरु किन मिले ? भनेर सोध्न पाईने कि नपाईने भन्दै प्रश्न समेत तेर्साए । 

उनले थपे, ‘केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो ? यो विषय पारदर्शी हुनुपर्छ । ’

वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाएपनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएको लगायत जनजिविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उनको गुनासो छ । 

समर्थनबारे पुर्नविचार गर्ने राजपाको घोषणा
राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पारेका छन् । 
उनले भने,‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पूर्नविचार गर्छौं।’

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार गठन भएको ५ महिनामै सडकमा जाने अवस्था किन आयो भन्दै नेता लालले प्रश्न समेत तेर्साए । उनले भने,‘सरकार स्वेच्छचारी देखियो, लोकतान्त्रिक व्यवस्था अनुसार चल्नुपर्छ नि, अहिले मुलुकको समृद्धिभन्दापनि सरकारले आफ्नो पार्टी र कार्यकर्ताको समृद्धि बढि चाहेको देखियो ।’

सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको भन्दै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप