शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ह्वात्तै बढ्यो मासुको खपत

बुधबार, ०२ साउन २०७५, १६ : २१
बुधबार, ०२ साउन २०७५

काठमाडौँ– काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ ।  काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ । 

काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ । 

पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा.बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । 

‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भएपनि सरकारले मासुको गुणस्तरमा ध्यान दिननसकेको बताइन् । 

नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप