बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडाबाट सय वर्ष पुरानो मूर्तिसहित २ जना पक्राउ

बुधबार, ०२ साउन २०७५, १६ : १७
बुधबार, ०२ साउन २०७५

काठमाडौं– प्रहरीले सय वर्ष पुरानो पुरातात्विक महत्वको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडाबाट २ जनालाई ढलोटको ८ केजी, ३४ सेन्टिमिटर लामो बालगोपालको मूर्तिसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा कोठो लिएर बस्ने दोलखबहादुर सोमाई र काभ्रे तिमाल स्थायी घर भई ललितपुर बस्दै आएका दिपक मैनाली रहेको प्रहरीले जनाएको छ ।  

बुधबार पुरातात्विक महत्वको मूर्ति विक्री हुँदैछ भन्ने खबरका आधारमा उनीहरुलाई प्रहरीले पिच्छा गरेको थियो । सोही आधारमा सोमाईको पेरिसडाँडास्थित कोठाबाट मूर्ति बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त मूर्ति मैनालीले सोमाईलाई बेचबिखनका लागि दिएको समेत प्रहरीको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप