शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल

बुधबार, ०२ साउन २०७५, १६ : ०५
बुधबार, ०२ साउन २०७५

काठमाडौं– नेपाली काङ्ग्रेसले सो पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा ओखलढुंगाका पुरुषोत्तम दाहाललाई नियुक्त गरेको छ । काङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीकोे विधान अनुसार दाहाललाई सो पदमा नियुक्त गरेको जनाएका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा दाहाललाई नियमावली २०६८ को नियम २७(३) बमोजिम नियुक्त गरेको उल्लेख छ । दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय छन् ।

विगत ३४ वर्षदेखि प्राध्यापनमा संलग्न दाहाल वि.सं. २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न छन् । उनी मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।

यसअघि दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप