शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दूराष्ट्र फर्काउन भन्दै  राप्रपाले थाल्यो  जनजागरण अभियान (फोटोफिचर)

बुधबार, ०२ साउन २०७५, १५ : ११
बुधबार, ०२ साउन २०७५

काठमाडौं– नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने भन्दै कमल थापा नेतृत्वको राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापना अभियान थालेको छ । 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपाले हिन्दूराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको थालनी  गरेको हो । 

नेपाल सदियौंदेखि सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका रुपमा रहँदै आएको र सनातन धर्म व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जिवनसँग अभिन्न र अविभाज्य रुपमा गाँसिएर आएको बिषय भएकाले नेपाललाई हिन्दू राष्ट्र बनाइनु पर्ने राप्रपाले माग गर्दै आएको छ । 

अभियानको शुभारन्भ कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, बालसन्त जगदगुरु मोहनशरण आचार्यसहित धार्मिक गुरुहरु, अभियान्ताहरु र विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागीता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप