बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

बुधबार, ०२ साउन २०७५, १५ : १०
बुधबार, ०२ साउन २०७५

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट)  बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । 

अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् । 

रनिकका बाबु रामबहादुर परियारले भने–‘उपचार गर्दा धेरै पैसा खर्च भइसक्यो, अहिलेसम्म त ऋण खोजेर पनि गरियो, अब त उपाय नै छैन, म मेरो छोरालाई बचाउन चाहान्छु यहाँहरूले सहयोग गर्नुहोस् ।’ रनिकको बोनम्यारो प्रत्यारोपण गर्न रु १७ लाख खर्च लाग्ने भएको छ । 

बालकलाई शुरुमा काठमाडौँको त्रिवि अस्पताल र सिभिल अस्पतालमा लगिएको थियो । सिभिलका डा विशेष पौडेलले रनिकलाई भारतमा लगेर उपचार गराउन सुझाब दिनुभएपछि सफदरजंग अस्पताल दिल्लीमा परीक्षण गरेपछि रनिकलाई थालासिमिया भएको पत्ता लागेपनि पत्यारोपणका लागि पैसा नभएका कारण उपचार नै नगरी नेपाल ल्याइएको थियो । उनका लागि अहिलेसम्म विभिन्न दाताबाट रु दुई लाखमात्र जम्मा भएको छ । 

उनको उपचारमा अहिलेसम्म करिब ७,००,००० (सात लाख रुपैयाँ)  खर्च भइसकेको छ । बिरामी रनिकलाई दश दिनभित्र रगत दिइरहनुपर्छ । एक पटक रगत दिँदा कम्तीमा रू२ हजार ५०० खर्च हुन्छ । रामबहादुरले आफ्नो नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नं ११५००४१८५५१० र बैँक अफ काठमाडौँको खाता नं ०३४४०००००५००५२४ मा सक्दो सहयोग गर्न अनुरोध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप