बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक राजश्व कार्यालय विराटनगरले संकलन गर्यो ५ अर्ब २१ करोड

बुधबार, ०२ साउन २०७५, १५ : ०३
बुधबार, ०२ साउन २०७५

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए । 

आव २०७३/७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख नौ हजार बढी राजश्व संकलन गरेको थियो । 

आव २०७४/७५ मा संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर रु १० करोड ७० लाख २२ हजार, ब्याजकर रु पाँच करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब २१ करोड ७८ लाख आठ हजार, अन्तःशुल्क रु दुई अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर रु १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर रु दुई करोड ७६ लाख ७८ हजार रहेको छ । 

यसैगरी मोरङमा सबै प्रकारको गरी कूल रु ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप