शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिस तनहुँ’ का लागि ८ छनौट

आइतबार, ०१ साउन २०७४, ११ : २४
आइतबार, ०१ साउन २०७४

दमौली – ‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । 


अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् । 


जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ सुरु भएको हो । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने  प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् । 


युवा पत्रकार पवन पौडेल, मिस कलेजकी विजेता केशिका श्रेष्ठ, इभेन्ट आयोजक तथा मोडेल सन्जु घलेले छनोट गरेका थिए । 


मिस तनहुँ २०१७ को बिजेताले यामाहाको स्कुटर, ताज, प्रमाणपत्र, मायाको चिनो, मोडलिङ कन्ट्याक र म्युजिक भिडियो अफर समेत जित्न सक्नेछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप