केन्द्रीय संस्करण

कर्मचारीका लागी एनएमबि माइक्रोफाइनान्सको ५ दिने लघुवित्त व्यवस्थापन तालिम

person access_timeसाउन २, २०७५ chat_bubble_outline0

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुका लागि लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्देश्यले ५ दिने “लघुवित्त व्यवस्थापन तालिम” सुरु भएको छ । आजबाट सुरु भएको उत्त तालिम श्रावण ६ गतेसम्म संचालन हुनेछ ।

तालिमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि पारिएका वर्ग, समुदायमा काम गर्ने भएकोले आयआर्जनका माध्यमले उनीहरुको आर्थिक विकासको साथै सामुदयायिक विकासमा समेत योगदान पुर्याउनु पर्ने धारणा ब्यक्त गरे ।

लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने बताए । संस्था स्थापनाको ५ वर्षको अवधिमा १० जिल्लामा कार्यक्षेत्र फैलाएको छ  ।

संस्थाले राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई ७५ वटा शाखा कार्यालयको स्थापना गरी करीव ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए । 

वित्तीय संस्थाले श्रावण १ गते बाट संचालनमा ल्याएका ९ वटा नयाँ शाखा तथा सञ्चालनमा रहेका शाखा कार्यालयहरुमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न तालिम महत्वपूर्ण सावित हुने बताएको छ । तालिममा सवै स्थानिय स्तरका कर्मचारी तथा शाखा प्रमुख गरी ६७ जना सहभागि छन् ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ