शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीसँग विवाह गरेर बनिन् फ्रान्सकी ‘फर्स्ट लेडी’, श्रीमानभन्दा २५ वर्ष जेठी

आइतबार, ०१ साउन २०७४, १० : ५८
आइतबार, ०१ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प धेरैजसो महिलामाथि टिप्पणी गरेर चर्चामा रहन्छन् । फ्रान्सको यात्रामा गएका ट्रम्पले फ्रान्सकी फर्स्ट लेडी ब्रिजिट म्याक्रोनमाथि पनि टिप्पणी गरे ।

ट्रम्पले ब्रिजिटलाई भने, ‘के तपाईंलाई थाहा छ, तपाईंको शरिरको बनावट कति राम्रो छ । यति भनेर उनी इम्यानुअल म्याक्रोनतर्फ फर्किए र उनको बनावट राम्रो भएको भनी उनलाई पनि सुनाउन भ्याए ।

मेलानिया ट्रम्पसँग यात्रामा गएका अमेरिकी राष्ट्रपतिले फर्स्ट लेडी ब्रिजिट म्याक्रोंको दुबै गालामा पेरिस स्टाइलमा चुम्बन गरे । ट्रम्प निकै बेरसम्म उनको हात समातेर उभिइरहे ।

यसै सन्दर्भमा आज हामी तपाईंलाई फ्रान्सकी फर्स्ट लेडीबारे जानकारी दिँदै छौं जो आफ्ना श्रीमानभन्दा २५ वर्ष जेठी छिन् ।

म्याक्रोनको जन्म सन् १९७७ डिसेम्बर २१ तारिखमा फ्रान्सको एमियेन्जमा भएको थियो ।

स्कूलमा पढ्दादेखि नै म्याक्रोन आफ्नी शिक्षिका ब्रिजिट ट्रोग्न्यूक्सलाई प्रेम गर्न थालेका थिए र उनलाई प्रेम प्रस्ताव पनि राखेका थिए । त्यतिबेला उनको उमेर १५ वर्षको थियो र उनकी शिक्षिका उनीभन्दा २५ वर्ष जेठी थिइन् ।

ब्रिजिट विवाहित हुनुका साथै तीन सन्तानकी आमा पनि थिइन् । उनकी छोरी इम्यानुलकै कक्षामा पढ्थिन् । 

ब्रिजिटको विवाह सन् १९७४ मा बैंकर आन्द्रे लुइससँग भएको थियो ।

म्याक्रोनका आमा–बुवाले ब्रिजिटलाई म्याक्रोन १८ वर्षको नहुञ्जेलसम्म टाढा रहनका लागि आग्रह गरे ।

म्याक्रोन ब्रिजिटबाट टाढा हुन् भन्ने उद्देश्यले उनका आमा–बुवाले पढाईका लागि उनलाई पेरिसभन्दा बाहिर पठाइदिए ।

म्याक्रोन दर्शनशास्त्रका विद्यार्थी थिए र सन् २००४ मा ग्रेजुएट भएपछि उनी इन्भेस्मेन्ट बैंकर बने ।

ब्रिजिट पनि म्याक्रोनसँगको प्रेममा परिसकेकी थिइन् । त्यसपछि सन् २००६ मा ब्रिजिटले आफ्ना श्रीमान् आन्द्रेलाई सम्बन्धविच्छेद दिइन् र सन् २००७ मा ब्रिजिट र म्याक्रोनले विवाह गरे ।
अहिले इम्यानुल ३९ वर्ष पुगे भने उनकी श्रीमती ब्रिजिट ६४ वर्ष पुगेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप