बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा सार्क हस्तकला केन्द्र निर्माणको तयारी

बुधबार, ०२ साउन २०७५, १२ : ५५
बुधबार, ०२ साउन २०७५

काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्रन एवम् विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ । 

उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र पाँचतले हुनेछ । 

दुई आर्थिक वर्षसम्म रकम विनियोजन भए पनि निर्माण कार्य अगाडि नबढेको केन्द्र निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले रु पाँच करोड विनियोजन गरेको छ । 

नयाँ बन्न लागेको हस्तकला केन्द्रमा हस्तकला परीक्षण प्रयोगशाला, हस्तकला प्रदर्शन कक्ष, हस्तकला डिजाइन सेन्टर र तालिम केन्द्र रहनेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप