गुफाबाट उद्धार गरिएका थाई बालक आज घर फर्किदै, अस्पतालमा भव्य विदाई समारोह
एजेन्सी– गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।
करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।
ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ ।
यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि नदिने भनिएकोमा आज पहिलो पटक सञ्चारमाध्यमलाई अन्तरवार्ता लिन पनि दिइएको छ ।
यसअघि उनीहरुलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने भनिएकोमा उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ ।
करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरुलाई तर्सिने, एकान्त बस्न चाहने तथा बेला बेलामा झस्किने समस्या देखिएको थियो ।
स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरुलाई अस्पतालबाट बुधबार अस्पतालमै एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ ।
उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चारमाध्यमलाई भने एकपटक मात्र अन्तवार्ता नदिन सुझाव दिइएको छ ।
तर उनीहरुको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरु लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन उत्तेजित रहेकाले चिकित्सकहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ ।
गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई करिब एक हप्ताअघि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।
उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए ।
उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ घाइतेलाई बागलुङ पठाइयो
-
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु : प्रतिवेदन