मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘१२ मासे’

बुधबार, ०२ साउन २०७५, १२ : ३९
बुधबार, ०२ साउन २०७५

काठमाडौं – कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको «ेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पनि कमेडिने समेटिएको छ ।
जुवा तासमा बरालिने युवा र बृद्धको कथामा निर्माण भएको ‘१२ मासे’को ट्रेलरमा चलचित्रका केही कमेडी प्लट प्रस्तुत गरिएको छ । 

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक लय संग्रौलाले चलचित्र बिशुद्ध हाँस्य प्रदान रहेको बताए । दर्शकलाई चलचित्रले पुरै अवधी हसाएर मनोरन्जन दिने संग्रौलाले दाबी गरे ।

जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति १ भदौ तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप