मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन्नी लियोनीको जीवनमा आधारित फिल्ममा किन विवाद ?

बुधबार, ०२ साउन २०७५, ११ : ५८
बुधबार, ०२ साउन २०७५

पूर्व पोर्नस्टार र बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनमा बनिरहेको फिल्म ‘करनजीत कौर’ रिलिज हुनुअघि विवादमा तानिएको छ ।

सन्नी लियोनीको जीवनमा आधारित यो फिल्ममा उनको बाल्यकालदेखि लिएर पोर्नस्टार र बलिउड अभिनेत्री बन्दासम्मको यात्रा देखाइएको छ ।

जुलाई ५ मा फिल्मको ट्रेलर रिलिज भएपछि युट्युबदेखि लिएर ट्वीटर र फेसबुकमा फिल्मको समर्थनदेखि लिएर यसको विरोधमा कयैन टिप्पणीहरु देखिइएको छ । 

ट्वीटर प्रयोगकर्ता गोग्ना लेख्छिन् ‘एक पंजाब सिख युवती भएको नाताले तपाईले आफ्नो मात्र होइन आफ्नो परिवारको नाम पनि बर्बाद गरिदिनु भएको छ । एक असफल भएको व्यक्तिको बायोपिकमा मेरो कुनै रुचि छैन ।”

उता शिरोमणि गुरुद्वारा प्रबन्ध समितिले यो फिल्मको नाममा आपत्ति जनाउँदै आधिकारिक रुपमा यसको विरोध गर्ने फैसला गरेको छ ।

शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले फिल्मको नाममा आपत्ति जनाउँदै सन्नी लियोनीको फिल्ममा ‘कौर’ शब्दको प्रयोगमा आपत्ति जनाएको छ ।

समितिको प्रवक्ता दलजीत सिंह बेदीले बीबीसी हिन्दीसँगको कुराकानीमा भने ,“उनी पोर्नस्टार थिइन् । उनी बाल्यकालमा सिख थिइन् तर पछि धर्म परिवर्तन गरेर ईसाई धर्म अंगालिन्। उनको पति पनि इसाई धर्मकै हो । सिख धर्ममा सिंह र कौर जस्तो थरको निक्कै महत्वपूर्ण स्थान छ । यस्तोमा उनीहरुले शिख धर्मको भावनामा ठेस लाग्ने यस्तो शब्दको प्रयोग गर्न हुँदैन थियो । त्यसैले उनीहरुलाई कौर शब्दको प्रयोग नगर्न भनिएको छ ।”

दलजीत सिंह बेदीले यो फिल्ममा प्रयोग भएको ‘कौर’ शब्द हटाउन आफूहरुले थप विरोध गर्ने बताए ।

‘कौर’ शब्द सन्नी लियोनीको व्यक्तिगत जीवनसँग जोडिएकोले यो शब्द किन प्रयोग गर्न सक्दिनन् भन्ने प्रश्नमा उनले भने ,“सन्नी लियानी एक इसाई हुनुको नाता जे गर्नु छ गर्न सक्छिन् । तर उनी यो शब्दको प्रयोग नगरुन् । उनी आफ्नो फिल्मलाई ‘सन्नी लियानी– द अनटोल्ड स्टोरी’ को रुपमा किन प्रयोग गर्न सक्दिनन् ।”

फिल्मका निर्देशक आदित्य दत्तले आफू पनि सिख भएकाले सिखहरुको भावानाको सम्मान गर्ने बताए । तर उनले आधुनिक समयमा कसैले आफ्नो परिवारिक नामको प्रयोग गर्दा विरोध जनाइनु चाहीँ निक्कै अचम्मित पार्ने घटना भएको बताए ।

खास विरोध किन, कसले प्रयोग गर्न सक्छन् कौर शब्द ?
सिख समुदायमा महिलाहरुको नामको अन्तिममा कौर शब्दको प्रयोग गरिन्छ । यसको अर्थ राजकुमारी हुन्छ ।

खासमा सिख समुदायका दसौं गुरु गुरु गोविन्द सिंहले मानिसहरुलाई आफ्नो धर्ममा समाबेश गर्दै महिलाहरुलाई कौर र पूरुषहरुको लागि सिंह थर दिएका थिए ।

सिख धर्मको सिद्धान्त अनुसार महिला र पुरुषहरुबीच समान हैसियत हुन्छ त्यसैले महिलाहरुलाई पुरुषको थर आफ्नो नाम पछाडी लगाउन जरुरी हुदैन ।

फिल्ममा खासमा के छ ?
सन्नी लियोनीको जीवनमा बनिरहेको यो बायोपिकमा त्यस्तो थोरै फिल्महरुमा समाबेश हुँदैछ, जसले आफ्नो जीवनमा आधारित फिल्ममा आफैले अभिनय गर्दैछन् ।

यो भन्दा पहिले मोहम्मद अलीको जीवनमा आधारित फिल्म ‘द ग्रटेस्ट–माई ओन स्टारी’मा मोहम्मद अलीले आफैले अभिनय गरेका थिए ।

तथापि यो फिल्ममा उनको पति डेनियल वेबरको भूमिका भने मार्क बकरले निभाइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप