मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

बुधबार, ०२ साउन २०७५, १२ : ३७
बुधबार, ०२ साउन २०७५

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ । 

नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा थापा मगरले बताउनुभयो । 

यसैगरी नगरलाई सौन्दर्यमुखी बनाउन नगरपालिकाले नेपालगञ्जको सुर्खेत सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा विभिन्न जातको आकर्षक बिरुवा रोप्ने अभियान पनि शुरु गरेको छ । नगरको राझा चोकदेखि भन्सार चोकसम्म वृक्षरोपण गरिने भएको छ । 

नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने काम पूरा भएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित समितिले नगरको मुख्यमुख्य चोकमा क्यामरा जडान गरेको हो । दोस्रो चरणअन्तर्गत थप चोकमा पनि सिसिटिभी क्यामरा जडान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप