शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकपको फाइनल खेलमा मैदानमा छिर्ने यी महिलालाई दिइयो यस्तो सजायँ

बुधबार, ०२ साउन २०७५, १० : ४३
बुधबार, ०२ साउन २०७५

फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ ।

यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ ।

स्मरण रहोस्, आइतबार फ्रान्स र क्रोएशिया बीचको अन्तिम खेलको क्रममा मैदानमा अचानक चारजना दौडेर छिरेका थिए । जसका कारण खेल केही समयका लागि रोक्नुपरेको थियो ।

पछि रुसको महिला संगठन Pussy Riot  ले यसको जिम्मेवारी लियो । ट्वीटरमा जारी एक पोष्टमा उक्त संगठनले भनेको छ, ‘हामीले यो सबै खेलको क्रममा अवैध गिरफ्तारी र राजनीतिक कैदीका लागि गरेका हौं ।’

यो प्रदर्शनलाई उनीहरुले ‘पुलिसम्यान इन्टर द गेम’ को नाम दिएका थिए । सन् २०११ देखि नै यो विरोधी समूह सक्रिय छ । यो संगठन विशेषगरी भ्लादिमिर पुटिनको प्रशासनको विरोध गर्ने गर्दछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप