बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सले विश्वकप जितेपछि खेलाडी र कोचको सम्मानमा पेरिसका ६ स्टेशनका नाम परिवर्तन

बुधबार, ०२ साउन २०७५, ०९ : ५३
बुधबार, ०२ साउन २०७५

पेरिसका ६ मेट्रो स्टेशनको नाम फ्रान्सका विश्वकप बिजेता टीमका खेलाडीको सम्मानमा परिवर्तन गरियो  ।

स्टेशन विक्टर हुजोको नाम टीमका कप्तान र गोलकिपरको नाममा ‘विक्टर हुजो लोरिस’ राखिएको छ । यस्तै, बर्सी मेट्रो स्टेशनको नाम ‘बर्सी लेस ब्लूज’ राखियो । एवरोन स्टेनको नाम ‘नाउस एवरोन गागने’ राखिएको छ भने चार्ल्स डे गाउले एतोइलेको नाम ‘आन अ टु एताइले’ राखिएको छ । यसको अर्थ हो – ‘हामीसँग दुई तारा छन् ।’ यहाँ दुई ताराको अर्थ सन् १९९८ र सन् २०१८ को जितलाई भन्न खोजिएको हो ।

साथै, दुई स्टेशनको नाम प्रशिक्षक डिडियर डेशच्याम्प्सको नाममा राखिएको छ जसले सन् १९८८ मा खेलाडीको रुपमा र २० वर्षपछि प्रशिक्षको रुपमा टीमलाई विश्वकपको उपाधि दिलाए । फ्रान्सका प्रसिद्ध नोटर ड्याम चर्चमा बनेको स्टेशनको नाम नोटर–डिडियर डेशच्याम्पस राखिएको छ जबकी पेरिस सेन्ट्रल स्टपलाई पनि डेशच्याम्प एलिसीस–क्वेमेन्स नाम दिइएको छ । यद्यपी, यो परिवर्तन स्थायी हो वा होइन अहिले नै यो स्पष्ट पारिएको छैन ।

मोनालिसालाई लगाइयो फ्रान्सको जर्सीः

फ्रान्सको लुवर म्युजियमले टीमलाई भिन्न तरिकाले बधाई दिएको छ । उनले फ्रान्सको जर्सी लगाइएको लियोनार्डो दा भिन्चीको विश्वप्रसिद्ध पेन्टिङ मोनालिसाको एउटा फोटो पोष्ट गरेको छ ।

इंगल्याण्ड र बेल्जियमले पनि गर्यो टीमको सम्मानः

बेल्जियमले विश्वकपमा इंगल्याण्डलाई हराएर तेस्रो स्थान हाँसिल गर्यो । यही खुसीमा ब्रसेल्सले आफ्नो खेलाडी एडन हजार्डको नाममा आट्र्स–लोई स्टेशनको नाम परिवर्तन गरेर हजार्ड–लोई राखेको छ । इंगल्याण्डले पनि टीमलाई २८ वर्षपछि सेमिफाइनलमा पुर्याउने म्यानेजरको नाममा लण्डनको साउथगेट मेट्रो स्टेशनको नाम परिवर्तन गरेर गेरेथ साउथगेट स्टेशन राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप