शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेतीयोग्य जमीन मासेर भण्डारीले बनाए कृत्रिम ताल

बुधबार, ०२ साउन २०७५, ०८ : ४०
बुधबार, ०२ साउन २०७५

पाल्पा - रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गरेका छन् ।

भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा रहेको तीन बाली लाग्ने छ रोपनी खेत मासेर ताल निर्माण गरेका हुन् । 

स्व. बुबा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेको उनले बताए । छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा पर्यटक आकर्षित गर्ने उद्देश्यले बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताए । 

ताल निर्माणसँगै भण्डारीले पार्कमा पर्यटक भित्र्याउने गरी दीर्घकालीनरुपमा सञ्चालन गर्न एउटा आधुनिक डुंगा र एउटा स्थानीय सामानबाट निर्माण गरिएको डुंगा सञ्चालनमा ल्याएका छन् । 

अनुमानित २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ । उनले पार्क वरपर विभिन्न प्रजातिका फूल लगाउने र ताल वरपर पनि प्राकृतिक वनस्पतिमार्फत बार लगाउने तयारी रहेको बताउँछन् । उनले पार्क परिसरमा ढुंगामाटोको नमूना घरसमेत निर्माण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप