शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ लाखको स्वास्थ्य सामग्री प्रदान

बुधबार, ०२ साउन २०७५, ०८ : ३४
बुधबार, ०२ साउन २०७५

बागलुङ - धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । 

इटालीको गैरसरकारी संस्था (एएनटी) को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस)को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो । 

प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिए । 

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप