११ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने १८ जनालाई अदालतभित्रै ५० वकिलले कुटे, मुद्दा लड्न अस्विकार
चेन्नईको अयानवरम इलाकामा एक ११ वर्षीया बालिकासँग २२ मानिसहरुले महिनौंसम्म गरेका यौन शोषणको मामला सार्वजनिक भएपछि मानिसहरुमा अत्यधिक क्रोध उब्जिएको छ । अदालतमा सुनुवाईको क्रममा १७ दोषीमाथि वकिलका एक गुटले हमला गरेका छन् ।
भारतीय समाचार एजेन्सी आजतकका अनुसार ११ वर्षकी बालिकालाई २२ जनाले पछिल्लो सात महिनादेखि बलात्कार गरिरहेका थिए । बलात्कार गर्ने आरोपीमा बालिका बस्ने अपार्टमेन्टका सेक्युरिटी गार्ड, लिफ्ट अपरेटर, प्लम्बर र यहाँसम्म कि दैनिक पानी ल्याइदिनेपनि समावेश छन् । मंगलबार जब आरोपीलाई अदालत लैजाने क्रममा ५० वकिलको एक समूहले उनीहरुमाथि हमला गरे ।
अर्कोतर्फ, मद्रास हाइकोर्ट एडभोकेट असोसिएशन (एमएचएए) ले १७ आरोपीका लागि मुद्दा लड्न अस्विकार गरिदिए । असोसिएशनका अनुसार यदि आरोपीलाई कानूनी सहयोग प्रदान गरे असोसिएशनले यसको विरोध गर्नेछ ।
चेन्नईस्थित महिला अदालतमा पनि पक्राउ परेका आरोपीलाई बिहान पेश गरियो । १७ आरोपीलाई जुलाई ३१ तारिखसम्मका लागि जेल पठाइएको छ । पुलिसले २५ जनालाई पक्राउ गरेको थियो तर अदालतले १७ जनालाई ३१ जुलाईसम्म न्यायिक हिरासतमा पठाएको थियो ।
अदालतमा सुनुवाई पूरा भएपछि भारी सुरक्षाबीच जब यी आरोपीलाई अदालत बाहिर ल्याईयो तब वकिलको एक समूहले पालैपालो हात र खुट्टाले उनीहरुलाई हान्न थाले । उनीहरुलाई बचाउन पुलिसलाई ठूलो समस्या पर्यो ।
जानकारीका अनुसार आरोपी बालिकालाई नशालु पदार्थ खुवाएर अचेत गराउँथे र उनलाई बलातकार गर्थे । आरेपीले कहिले उनलाई नशालु सुई लगाइदिन्थे त कहिले नशालु पेय पदार्थ र कहिलेकाँही नशालु पाउडर सुँघाएर अचेत बनाउँथे । बालिकामाथि लगातार अमानवीय व्यवहार गरिएको हुँदा अब उनको श्रवण शक्ति कम भएको छ ।
आरापीले बालिकालाई बलात्कार गरेर उनको अश्लिल भिडियोसमेत बनाउने गरेको बताइन्छ ।
#WATCH: Dramatic visuals from Mahila Court in Chennai where lawyers thrash the 18 accused, who sexually harassed an 11-year-old girl for over a period of 7 months. #TamilNadu pic.twitter.com/8ASDOlm7gW
— ANI (@ANI) July 17, 2018
दिदीलाई दिइन् जानकारीः
पछिल्लो सात महिनादेखि यौनहिंसाको शिकार भइरहेकी बालिकाले जब आमा र दिदीलाई यसबारे जानकारी दिइन् तब उक्त घटनाबारे पर्दाफास भएको हो ।
स्रोतका अनुसार सात कक्षामा पढ्ने पीडित बालिकाले जब आफूमाथि भइरहेको अत्याचार सहन सकिनन् तब गत शनिबार स्कूलबाट फर्कने क्रममा आफ्नी दिदीलाई यसबारे जानकारी दिएकी हुन् ।
बालिकाकी आमाले महिला पुलिस थानामा यसबारे मुद्दा दर्ता गराइन् ।
सुरुवात ६६ वर्षे वृद्धले गरेः
पीडित बालिकाले पुलिसलाई दिएको जानकारी अनुसार अपार्टमेन्टमा तैनाथ ६६ वर्षका लिफ्ट अपरेटर रवि कुमारले सबैभन्दा पहिले उनको बलात्कार गरेका हुन् । त्यसको तीन दिनपछि नै उनी आफ्नो दुई साथीसँगै मिलेर बालिकालाई सामूहिक बलात्कार गरेर उनको अश्लिल भिडियो बनाए । त्यसपछि बलात्कारको सिलसिला जारी रह्यो र बलात्कारीको संख्यामा दिनदिनै वृद्धि भइरह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा