बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनामै २३ अर्ब रकमान्तर

बुधबार, ०२ साउन २०७५, ०६ : ५१
बुधबार, ०२ साउन २०७५

काठमाडौं - बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ ।  आजको राजधनी दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

आर्थिक अनुशासन कायम गर्न रुपान्तिरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नर्गन सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन । 

बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत्र, वैशाख र जेठ)मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ।

यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माणलगायतका शीर्षकमा खर्च भएको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप