बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको स्वास्थ्य कस्तो छ ?

बुधबार, ०२ साउन २०७५, ०६ : २९
बुधबार, ०२ साउन २०७५

जुम्ला - १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । 

सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।

रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ । 

यो पनि पढ्नुहोस्ः 

सरकार र केसी पक्षबीच वार्ता: यस्ता छन् दुवै पक्षको अडान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप