मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथभित्र रातको समयमा मात्र टिपर सञ्चालन गर्न पाइने

मङ्गलबार, ०१ साउन २०७५, २१ : ३१
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौँ–आजदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । 

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप