शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टेडियमको पर्खाल ढल्दा ८ फुटबल समर्थकको मृत्यु

आइतबार, ०१ साउन २०७४, १० : ३४
आइतबार, ०१ साउन २०७४

डकार– सेनेगलमा भएको घरेलु फुटबल लिग कपको फाईनलमा दुई टोलीका समर्थकहरु बीचमा भएको झडप पश्चात भित्ता ढल्दा आठ जनाको मृत्यु भएको छ । 

झडपपछि प्रहरीले प्रहार गरेको अश्रु ग्यासका कारण स्टेडियममा भागदौड मच्चिएको थियो । जसका कारण पर्खाल ढलेको बताइएको छ ।

खेलकुद मन्त्री मतर बा को अनुसार मृतकहरुमा एक महिला पनि रहेकी छिन् । घटनामा करीब ६० घाईते बनेका छन् । उनीहरुको डकार स्थित एक अस्पतालमा उपचार भइरहेको छ । 

सेनेगलमा यस्ता घटनालाई दोहोरिन नदिन अबदेखि कडा कदम उठाइने पनि बाले बताए । 

फाइनलमा युएस ओकाम र स्टेट डि बोर भिड्दै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप