मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र
चितवन–इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ ।
विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो ।
सेवाग्राहीको मूल्यांकन (रिभ्यू) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ ।
“ग्राहकको वास्तविक मूल्यांकनका आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ”–मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने, “सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेका छौँ ।”
ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे मूल्याङ्कन गरेका हुन् ।
नब्बे जना मूल्याङ्कनकर्तामध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्यांकन गरेका छन् । पाँच अंकको समग्र मूल्यांकनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा