वीपी राजमार्गबारे सर्वोच्च अदालतको आदेशः ‘मझौला सवारी साधन चल्ने बाटो खुल्यो’
काठमाडौं–सर्वोच्च अदालतले वीपी राजमार्गमा साना तथा मझौला किसिमका सवारी साधन सञ्चालनमा अवरोध नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशहरु मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सो आदेश दिएको हो । आदेशमा सो राजमार्गमा साना तथा मझौला सवारी साधनमा रोक लगाउनु मनासिव नदेखिएको दाबी गरिएको छ ।
केही समयअघि यातायात व्यावसायी कान्छामान बलसमेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काभ्रे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । सो रिटबारे सर्वोच्चले असार १४ गते प्रारम्भिक सुनुवाई गरेको थियो ।
असार १४ गतेको सुनुवाईमा सर्वोच्चले अन्तरिम आदेश दिएर त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुवै पक्षलाई असार २६ गते बोलाएको थियो । दुवै पक्षको छलफलपछि आज न्यायाधीशद्वय खड्का र खतिवडाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि वीपी राजमार्गमा अब ३५ सिटभन्दा कम क्षमताका यात्रुबाहक गाडी र १० टनभन्दा कम क्षमताका मालबाहक गाडी चल्ने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै