बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषध बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

मङ्गलबार, ०१ साउन २०७५, १९ : ४४
मङ्गलबार, ०१ साउन २०७५

भक्तपुर– सूर्यविनायक नरपालिका पाण्डुबजारमा रहेको फार्मेसीमा लागूपदार्थ बिक्री गरेको पाइएपछि शिलबन्दी गरिएको छ । नगरपालिका वडा–६, पाण्डु्बजारमा रहेको तेजश्वी फार्मेसी शिलबन्दी गरेको हो । युवाहरुलाई लागूऔषधको रुपमा प्रयोग गर्ने नशालु अवैध औषधी बिक्री गरिरहेको अवस्थामा भेटिएपछि मंगलबार अनुगमन टोलीले शिल लगाएको छ । 

नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको अनुमगनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो ।  

फार्मेसीबाट अवैध औषधि बिक्री भैरहेको र कलिला किशोर एवं युवाहरुले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको थियो । भक्तपुर नगरपालिका वडा नम्बर ४ बस्ने रिना श्रेष्ठले डी. फार्मेसी उतीर्ण गरि औषधि पसल सञ्चालन गर्दै आएकी थिइन् ।

टोलीले ट्रेनडल  १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधिहरु बरामद गरेको छ । शिलबन्दी गरी बयानका लागि पसल सञ्चालकलाई २४ घण्टाभित्र औषधी व्यवस्था विभागमा बयानका लागि बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप