शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबारबाट राप्रपाको जनजागरण अभियान सुरु हुने

मङ्गलबार, ०१ साउन २०७५, १९ : ०९
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– राप्रपाले बुधबारदेखि हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राख्दै राष्ट्रिय जनजागरण अभियान सुरु गर्ने भएको छ । सो पार्टीको गत जेठमा सम्पन्न केन्द्रीय परिषदको निर्णयअनुसार राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गर्ने भएको हो । 

त्यस्तै सो पार्टीले संगठन निर्माण, जनमुखी कार्यक्रम र जनसंघर्षका भावी कार्यदिशा समेत तय गरेको छ । मंगलबार पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः ‘नेपाल सदियौंदेखि सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका रुपमा रहँदै आएको र सनातन धर्म व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जिवनसँग अभिन्न र अविभाज्य रुपमा गाँसिएर आएको बिषय भएकाले कुनै राजनीतिक परिवर्तन वा राजनैतिक मान्यताले विस्थापित गर्न सक्दैनन् ।  राप्रपाले विगतमा पनि पटक पटक नेपाल हिन्दुराष्ट्रको रुपमा रहनु पर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएको छ । राप्रपा धर्म निरपेक्षताको अन्त र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र पुनस्थापनाका निमित्त प्रतिवद्ध छ । यस क्रममा राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देशव्यापी जनदबाब सिर्जना गर्न र जनमत बनाउन “हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राष्ट्रिय जनजागरण अभियान” गर्न लागेको हो ।’ 

जनजागरण अभियानमा बालसन्त जगदगुरु मोहनशरण आचार्यसहित ठूलो संख्यामा धार्मिक गुरुहरु, अभियान्ताहरु र विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागीता रहने समेत विज्ञप्तिमा जनाइएको छ  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप