शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ बोटलर्स नेपाल लिमिटेडलाई

मङ्गलबार, ०१ साउन २०७५, १९ : ०८
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)को “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” बाट सम्मानित भएको छ ।

साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकोमा बोटलर्स नेपाल सम्मानित भएको हो ।

बोटलर्स नेपाल लिमिटेड सन् २०१५ मा दोश्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि प्राप्त गरेको छ ।

राजधानीको  होटेल अन्नपुर्णमा अर्थमन्त्री डा युवराज खतिवडाले बोटलर्स नेपालका प्रोक्रुमेंट म्यानेजर प्रकाश रुङगटा, प्रबन्ध निर्देशक पुनित भार्सने र फाइनान्स कन्ट्रोलर अशोक मन्डललाई उक्त अवार्ड प्रदान गरे ।

सम्मान ग्रहण गर्दै बोटलर्स  नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला मिलेको र यसले अझै खुल्ला र ट्रास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको बताए । 

आइक्यान एकाउन्टिङको व्यवसायीक क्षेत्रमा सामाजिक पहिचान अभिवृद्धि गर्न र जनताको विश्वास बृहत रुपमा जित्नको लागि स्थापना भएको कम्पनी हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप