शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तायाहाङको ‘तिमी मेरो सामु आउँदा’

मङ्गलबार, ०१ साउन २०७५, १८ : ५६
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– गायिका तायाहाङमा राईको ‘तिमी मेरो सामु आउँदा’ बोल रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो याद’ ‘तरना’ र ‘कान्छी’ एल्बम बजारमा ल्याएकी राइको यो गीत एल्बम ‘कान्छी’ मा समावेश छ ।

गीतको भिडियोमा उनी आफैले अभिनय गरेकी छन् । उनलाई संगीतकार चन्द्र लामा अनुरागले अभिनयमा साथ दिएका छन् ।  सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोमा दुवैको केमेस्ट्री, माया, स्नेहलाई उतार्न खोजिएको छ ।

लक्ष्मी तामाङले शब्द भरेको उक्त गीतमा चन्द्र लामा अनुरागको संगीत रहेको छ । स्वयम् लामालेनै निर्देशन गरेको गीतको भिडियोमा देवेश राईको एरेन्ज रहेको छ भने उक्त भिडियोलाई नियोन लामाले खिचेका हुन् । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप