शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेगा बैंकको १००औं शाखा सिन्धुपाल्चोकको थाङपालमा

मङ्गलबार, ०१ साउन २०७५, १८ : ५४
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी ६ टारमा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सिन्धुपाल्चोकको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो ।

बैंककी सीईओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने बताईन् ।

मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरु सहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताईन् ।  

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई गाभिसकेको छ ।

मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप