बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ प्लाजाद्धारा निर्मल विद्यापथ र अजाद स्कुललाई सहयोग

मङ्गलबार, ०१ साउन २०७५, १८ : ४५
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । सामसङ प्लाजाले स्थापनाको १५ वर्ष पुरा गरेको अवसरमा निर्मल विद्यापथ र अजाद स्कुललाई सहयोग गरेको छ ।

स्थापना दिवसको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनको अध्यक्ष कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको छ ।

उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको छात्रवृत्ति, स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिनेछ ।

गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।  

उक्त कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कम्पनीको सानो सहयोगले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप