बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशपछि नेप्सेका सिइओ काममा फर्के, अर्याल मन्त्रायल गए

मङ्गलबार, ०१ साउन २०७५, १८ : ०३
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद काममा फर्केका छन् । सर्वोच्च अदालतले काममा फर्कन आदेश दिएपछि साउदले पुन कार्यभार सम्हालेका हुन् । आइतबार सर्वोच्चले साउदलाई हटाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि साउदको पुनर्बहाली भएको हो । 

योसँगै अर्थमन्त्रालयले काजमा खटाएका रमेश अर्याल फर्किएर अर्थ मन्त्रालयनै गएका छन् । असार २० गते मन्त्रिपरिषदको निर्णयले बर्खास्तीमा परेपछि साउदले अदालतमा सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । 
अब सर्वोच्चले आगामी साउन १६ गते साउदलाई हटाउनुको कारणसहित उपस्थित हुन सरकारका नाममा आदेश दिएको छ । साउन १६ गतेको इजलासपछि मात्र साउदलाई हटाउने वा निरन्तरता दिने विषयको अन्तिम टुङ्गो लाग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप