बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका

मङ्गलबार, ०१ साउन २०७५, १७ : ४८
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– अभिनेत्री प्रियंका कार्की फेरि ‘कार्टुन्ज क्रु’सँग देखिएकी छन् । गायक सरोज ओली र स्मिता दाहालको आवाज रहेको ‘पानी कुवाको’ बोलको नयाँ उनी क्रुसँग देखिएकी हुन् । गीतको भिडियो अहिले सार्वजनिक भएको छ ।

‘कार्टुन्ज क्रु’का सदस्यमाथि फिचरिङ गरिएको यो भिडियो अहिलेसम्मको फरक प्रकृतिको भिडियो भनिएको छ । जसमा कार्टुन क्रुका सबै सदस्य नेपाली पोशाकमा देखिएका छन् । 

भिडियोमा मोडल आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने गायक सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा–सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ ।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायाँकन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप