शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व किर्तिमानी धावक हरिबहादुरलाई दिलबहादरले गरे आर्थिक सहयोग

मङ्गलबार, ०१ साउन २०७५, १७ : ४७
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौँ -बिरामीले थला परेका विश्व किर्तीमानी अल्ट्रा धावक हरिबहादुर रोकायालाई दिलबहादुर कडायतले आर्थिक सहयोग गरेका छन् । 

कालिकोटका युवा व्यवसायी तथा पूर्व खेलाडी कडायतले मंगलबार रोकायालाई भेटेर सहयोग गरेका हुन् । 

भक्तपुरको लोकनथलीस्थित रोकायकै कोठमा पुगेर कडायतले ५० हजार सहयोग गरे । 

जुम्लामा प्रशिक्षार्थीसँगै दौडको तयारीमा रहेका रोकाया असार ३ गते एक्कासी विरामी परेका थिए ।

 उनका हात खुट्टा चल्न छोडेपछि काठमाडौँ ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो । 

करिब तीन हप्तासम्मको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि रोकायालाई डिस्चार्ज गरिएको छ । 

कडायतसँग कुरा गर्दै रोकायाले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेकोप्रति दुःख लागेको बताए । 

उनले भने, “मैले नेपाललाई विश्वमा चिनाएँ । खेलाडी उत्पादन गरे, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपालको इज्जत बढाएका छन् तर राज्यले मलाई चिनेन् ।” 

उनले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेका कारण धेरै खेलाडी निरास भएको बताए । धावक रोकायाले आफ्नो उपचारमा राज्यले आवश्यकताअनुसारको सहयोग नगरेको बताए । 

उनले व्यक्तिगत रुपमा दिइने सहयोग खेलाडीको लागि अक्षय कोष खोल्ने सोँचेको बताए । 

सहयोग हस्तान्त्रण गर्दै कडायतले विश्व चर्चित खेलाडीको बारेमा राज्य बेखबर भएको देख्दा आफूलाई चिन्ता लागेको भन्दै आफूले सानो सहयोग गरेको बताए ।

उनले उपचारपछि धावक रोकायाका सामान्य हिटडुल गर्न सक्ने भएका छन् तर दुबै हात भने सक्रिया भइसकेका छैनन् ।

अरुकै सहयोगमा खान र पानी खाइरहेका छन् । 

दौडेरै गिनिज बुकमा नाम लेखेर रोकायाले नेपाललाई विश्वमा चिनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप