शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सद्दामदेखि गद्दाफीसम्मः थाहा पाउनुस् के गर्दथे यी शासकका छोरा

आइतबार, ०१ साउन २०७४, १० : २२
आइतबार, ०१ साउन २०७४

इतिहास यस्ता मानिसको कथा कहानीले भरिएको छ जसले सत्तामा टिकिराक्नका लागि नियम कानूनलाई किनारा त लगाए नै संसारभरी मानवताका लागि ठूलो संकट पैदा गरे । उनीहरुले जनताको अधिकारलाई कुल्चँदै रगतको खोला बगाउन हिच्किचाएनन् ।  केही शासक यस्ता पनि भए जसको सत्ता मोहका कारण संसारले ठूलै मूल्य चुकाउनु पर्यो । शासक मात्र होइनन् उनीहरुको मृत्युपश्चात् उनका सन्तानले पनि बाउ बाजेको नक्सा कदममा चले । यसै सिलसिलामा आज हामी तपाईंलाई संसारका केही शासकका सन्तानबारे जानकारी दिँदै छौं ।

गिनीका राष्ट्रपति ओबियांग ग्यूमाका छोरा तियोदोरिनः

तियोदोरिन धेरैजसो सोसल मिडियामा आफ्नो फोटो सेयर गरिरहन्छन् । उनलाई धेरैजसो सुन्दर मोडलले घेरिएको देख्न सकिन्छ । वलासी जीवनशैलीका कारण गिनीमा तियोदोरिनलाई प्लेब्वाईको रुपमा परिचित छन् । तियोदोरिनले पछिल्लो तीन वर्षमा आफ्नो छुट्टीका करिब ८ सयभन्दा धेरै फोटो सेयर गरिसकेका छन् जसमा उनको विलासी जीवनशैली देख्न सकिन्छ । प्राकृतिक ग्यासले भरपूर यो देशको स्थिती निकै खराब छ । जनता भोकले मर्ने स्थितीमा छन् । प्राकृतिक संकट, जातीय संघर्ष र अपराधको ग्राफ तिब्र रुपमा बढेका कारण देशको स्थिती अन्त्य नाजुक छ ।

शासक थिए तियोदोरिनका पिताः

तियोदोरिनका पिता र गिनीका राष्ट्रपति तियोदोरो ओबियांग ग्यूमाको गन्ती क्रुर शासकमा हुन्छ । उनले आफ्नो काकाको सत्तालाई उल्ट्याएर आफ्नो नेतृत्वमा देशको सत्ता सम्हालेका थिए । त्यतिबेला धेरै मानिसको रगत पनि बगेको थियो । तियोदोरोले आफ्ना दुश्मनको छाला निकाल्ने गर्दछन् भनिन्छ । उनीमाथि दुश्मनको कलेजो र अण्डकोष खाने गरेको आरोप लागिसकेको छ । तियोदोरोले सन् १९७९ देखि देशको सत्ता सम्हालिरहेका छन् । यस वर्ष अप्रिलमा दोस्रो चुनावमार्फत उनले आफ्नो कार्यकाल बढाए । तियोदारोको देशमाथि पूर्ण नियन्त्रण छ ।

मुअम्मर गद्दाफीका छोरा सेफ अल–इस्लामः

लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफी पछिल्लो महिनामात्र जेलबाट रिहा भए । सैफलाई मिलिशिया ग्रुपले ६ वर्षसम्म जेलमा राखेपछि छाडिदिए । सैफलाई जिन्तानमा रिहा गरियो जहाँ उनलाई सन् २०११ नोभेम्बरदेखि कैदमा राखिएको थियो । पिता मुअम्मर गद्दाफी अक्टोबरमा मारिएको एक महिना पछि सैफलाई पक्राउ गरिएको थियो । लिबिया अदालतले सैफलाई मानवता विरुद्ध अपराधको आरोपमा सजायँ तोकेको थियो ।

सैफमाथि सन् २०११ देखि पूर्व लिबियाली नागरिकको हत्या र उनीहरुमाथि उत्पीडनको आरोप छ । मोजमस्ती गर्नुपर्ने सैफले आफ्ना विरोधीहरुको आवाज दबाउनका लागि उनीहरुमाथि विभिन्न प्रकारको यातना दिए । यस्तै प्रकारको अपराधमा सुनुवाई गरेर त्रिपोलीका एक अदालतले सन् २०१५ मा सैफको अनुपस्थितीमा उनलाई मृत्युदण्डको सजायँ सुनाएको थियो । सुनुवाईमा कमजोरीका कारण अदालतको निर्णयमाथि प्रश्न उठाइएको थियो । त्यसपछि सजायँ ६ महिना बनाइएको थियो ।

सद्दाम हुसेनका छोरा उदय हुसेनः

सद्दाम हुसेनका छोरा उदय विलासी जीवनशैली र क्रुरताका लागि परिचित थिए । उनले आफूमाथि लगाइएको आरोपबाट बच्नका लागि बडी डबल राखेका थिए । उदयले थुप्रै महिलाको बलात्कार गरेको बताइन्छ । उदयको मृत्यु पछि उनका बडी डबल लतिफले मिडियासँग कुराकानी गरेका थिए । उनका अनुसार एकदिन उदय एक विवाहमा गएका थिए, जहाँ उनलाई बेहुली निकै मनपर्यो । उदयले उनीसँग सुहागरात मनाउने सोच बनाए र उनको अपहरण गरे । होटलमा बेहुलीलाई बलात्कार गरे र बिक्षिप्त उनले होटलको छतबाट हाम फालेर आत्महत्या गरेका थिए । घटनाबारे सबैलाई थाहा भयो तर सद्दामका छोरा भएकाले उनीविरुद्ध जाइलाग्न कसैले आँट गरेनन् । अमेरिकाले इराकमाथि रसायनिक हतियार राखेको आरोप लगाउँदै सन् २००३ मा इराकमाथि हमला गरेको थियो । यसै क्रममा जुलाई २२ तारिख सन् २००३ मा उदयको हत्या गरियो भने सद्दाम हुसेनलाई कैद गरिएको थियो जसलाई सन् २००६ को डिसेम्बर ३० तारिखमा मृत्युदण्ड दिइएको थियो ।

किम उल सुंगका छोरा किम जोंगः

किम जोंग उन सन् २०११ मा आफ्ना पिता किम ऊल सुंगको मृत्युपछि कोरियाको शासक बनेका थिए । उत्तर कोरियाली सरकारको तर्फबाट जोंगको गोपनियता कायम राखेका कारण उनीबारे धेरै जानकारी सार्वजनिक भएका छैनन् । जोंगले सत्तामा जानका लागि आफ्नै परिवारका सदस्यलाई पनि भयानक तरिकाले हत्या गरेका थिए । सन् २०१३ मा आफ्नै फूपाजुलाई १ सय २० वटा भोको शिकारी कुकुरको बथानमा छोडिदिएर हत्या गरेका थिए । जोंगका कारण उत्तर कोरिया अर्थव्यवस्थाको क्षेत्रमा अरु देशबाट अलग्गिएको छ ।

फ्रान्सिस दुवेलियरका छोरा जीन क्लड दुवेलियरः

क्यारिबियन देश हाइटीका ४० औं राष्ट्रपति फ्रान्सिस दुवेलियर नकारात्मक छवीका कारण चर्चामा छन् । सन् १९७१ को अप्रिलमा फ्रान्सिसको मृत्युपश्चात् जीन नयाँ राष्ट्रपति चुनिए । यद्यपी, यसले देशमा कुनै परिवर्तन आएन किनभने जीन पनि आफ्ना पिताको नक्साकदममै चले । उनी सन् १९७१ देखि १९८६ सम्म राष्ट्रपति बने र हतियारको आडमा आफ्ना विरोधीको आवाज दबाए । तर स्न १९८६ मा विरोधी पार्टीले उनलाई सत्ताच्युत गरिदिए । त्यसपछि उनी अमेरिका पलायन भए । करिब १० वर्षपछि उनी आफ्नो देश फर्किए र हाइटीमा सन् २०१४ को अक्टोबर ४ तारिखमा उनको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप