शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्फी एक्स्पर्ट ओपोले आफ्ना स्मार्टफोन यूकेमा सार्वजनिक गर्दै

मङ्गलबार, ०१ साउन २०७५, १७ : ३१
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूके स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुबैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताएको छ ।

यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्स अन्तर्गतका हुन् । ओपोले दर्ता गराएका अधिकांश नामहरु हालसम्म प्रयोग नगरिएका तथा भविष्यमा सार्वजनिक गरिने सम्भावना सहितका उपकरणहरु रहेको अनुमान गरिएको छ ।

यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखिनै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो । फोन कहिले देखि सार्वजनिक हुने भन्ने निश्चित मितिको घोषणा भने अझै हुन बाँकी रहेको ओपोले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप