शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सद्धारा एक अरब बीमा प्रिमियम संकलन

मङ्गलबार, ०१ साउन २०७५, १७ : २५
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष ०७४।७५ मा कूल बीमा शुल्क १ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ ।

व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष ०७४।७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको बताए ।

०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप