शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकका स्थानीय तहका सम्पूर्ण शाखाहरु सञ्चालनमा

मङ्गलबार, ०१ साउन २०७५, १७ : १६
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । सानिमा बैंक लिमिटेडले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बंैकले तोके बमोजिम २०७५ आषाढ मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुबाट बैंकले स्थानिय कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको बताएको छ । सानिमा बैंकका उक्त शाखाहरु समेत गरी सातवटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटीएम रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप