शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ ईन्स्योरेन्सको एकै साथ छ वटा शाखा सञ्चालनमा

मङ्गलबार, ०१ साउन २०७५, १६ : ५०
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सको सबै प्रदेशमा निर्जीवन बीमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप श्रावण १ गते एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमा शाखा सञ्चालन गरेको हो । 

यसबाट बीमाको पहुँचलाई आम नागरिकसम्म पुर्याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

यो शाखा विस्तारसँगै मूलुकभर यस कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ ।  

अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप