बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (फोटोफिचर)

मङ्गलबार, ०१ साउन २०७५, १५ : ५८
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं–  सरकारविरुद्ध प्रदर्शन होस् या गोविन्द केसीको विषयलगायत विभिन्न माग राख्दै गरिएको प्रदर्शन किन नहोस्, पछिल्लो समय राजधानीको माइतीघर मण्डला केन्द्रीत प्रदर्शन गर्ने क्रम बाक्लिएको छ ।

सुरुमा  सरकारले माइतीघरलगायतका स्थानलाई निषेधित क्षेत्र तोकेपनि  त्यसको वेवास्ता गर्दै प्रदर्शन समेत भए ।  

सोमबारमात्रै  सर्वोच्च अदालतले माइतीघरमा प्रदर्शन गर्न अवरोध नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै मंगलबारसमेत दुई फरक राजनीतिक संगठनले प्रदर्शन गरेका छन् । 

 सोमबार  नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको केहि घण्टामै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि माइतीघरमै विरोध प्रदर्शन गरेको छ । 

सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ ।  

सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नेता गंगा श्रेष्ठले बताए ।

 प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुनेगरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।

नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नेता श्रेष्ठले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप